You are viewing the translated version of सिफारिस समिति रहने.
Section 38
सिफारिस समिति रहने
(१) आयोगको अध्यक्ष तथा सदस्यको नियुक्तिको लागि नेपाल सरकारसमक्ष सिफारिस गर्न देहाय बमोजिमको एक सिफारिस समिति रहनेछः-
(क) सचिव, मन्त्रालय - संयोजक
(ख) मान्यता प्राप्त शिक्षण संस्थाबाट इञ्जिनियरिङ्ग, व्यवस्थापन, अर्थशास्त्र, वित्तीय व्यवस्थापन, कानून, गणित वा लेखा विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी खानेपानी तथा सरसफाइको क्षेत्रमा कम्तीमा पन्ध्र वर्षको अनुभव प्राप्त गरेको व्यक्तिमध्येबाट मन्त्रालयले तोकेको व्यक्ति - सदस्य
(ग) मन्त्रालयको राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत - सदस्य
(२) उपनियम (१) बमोजिमको समितिले आयोगको अध्यक्ष वा सदस्यको पदमा नियुक्तिको लागि सिफारिस गर्दा प्रत्येक पदको लागि कम्तीमा दुई जना व्यक्तिको नाम सिफारिस गर्नु पर्नेछ र नेपाल सरकारले त्यसरी सिफारिस गरिएका व्यक्तिमध्येबाट अध्यक्ष वा सदस्यको पदमा नियुक्ति गर्नेछ।
(३) उपनियम (१) बमोजिमको सिफारिस समितिको बैठक सञ्चालन सम्बन्धी अन्य कार्यविधि सो: समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।
(४) मन्त्रालयले आयोगको अध्यक्ष वा सदस्यको पद रिक्त हुनु भन्दा कम्तीमा तीन महिना: अगावै नयाँ नियुक्तिको लागि प्रक्रिया अगाडि बढाउनु पर्नेछ।